ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत निर्यातसँगै आन्तरिक आपूर्ति गुणस्तरीय बनाउने सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ३ : ५५   बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान गर्दै विद्युत् वितरण प्रणाली सुदृढ बनाउने सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यातसँगै स्वदेशमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताए।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा बढी भएको विद्युत् निर्यात गर्नुपर्ने र सुक्खायाममा भने १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए।

‘निर्यातका कारण आन्तरिक आपूर्तिमा समस्या छैन’

सांसद वासना थापाले विद्युत् आपूर्तिमा देखिने ट्रिपिङ तथा अघोषित लोडसेडिङबारे प्रश्न गरेकी थिइन्। जवाफमा मन्त्री श्रेष्ठले समस्या विद्युत् उत्पादनमा भन्दा पनि प्रसारण तथा वितरण पूर्वाधारको क्षमता र अवस्थासँग बढी सम्बन्धित रहेको बताए।

उनले भने, ‘अहिलेको मुख्य चुनौती उत्पादनमा मात्र नभई प्रसारण तथा वितरण पूर्वाधारको न्यून क्षमता र जीर्ण अवस्था हो।’

भारतमा विद्युत् निर्यात गरिएकै कारण स्वदेशमा विद्युत् आपूर्तिको समस्या उत्पन्न नभएको दाबी गर्दै मन्त्री श्रेष्ठले विद्युत् निर्यात र स्वदेशी आपूर्ति एकअर्काका विरोधाभास नभएको बताए।

वितरण प्रणाली सुधारमा जोड

वितरण प्रणालीमा देखिएका समस्या अध्ययन गर्न मन्त्रालयले २०८३ असार १६ गते गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए।

समितिका सुझाव कार्यान्वयनका लागि २०८३ साउन २० गते नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पठाइसकिएको र सोहीअनुसार सुधारका काम अघि बढिरहेको मन्त्री श्रेष्ठले बताए।

बढ्दो विद्युत् माग, पुराना संरचना तथा प्राकृतिक प्रकोपका कारण कतिपय क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको उनले स्वीकार गरे।

स्मार्ट मिटरदेखि सब–स्टेशन अटोमेसनसम्म

मन्त्री श्रेष्ठका अनुसार काठमाडौं उपत्यकासहित प्रमुख सहरमा स्मार्ट मिटरिङ, सब–स्टेशन अटोमेसन तथा औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर निर्माणलाई तीव्रता दिइएको छ।

प्राकृतिक प्रकोपका कारण हुने आकस्मिक विद्युत् अवरोध हटाउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरू निरन्तर परिचालन भइरहेको र चालु आर्थिक वर्षको बजेटको ठूलो हिस्सा प्रसारण प्रणाली सुदृढीकरणमा केन्द्रित गरिएको पनि उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu