ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । सरकारले विद्युत् महसुल घटाएर आन्तरिक खपत बढाउने तयारी थालेको छ। वर्षायाममा उत्पादन हुने विद्युत् पर्याप्त भए पनि खपतभन्दा बढी हुँदा विद्युत् खेर जाने अवस्था देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। समितिले नेपाल विद्युत् प्राधिकरणमार्फत उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गरिरहेको छ।

आज समितिको बैठक

विद्युत् महसुल पुनरावलोकनका लागि नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार बस्दैछ।

ऊर्जा मन्त्रालयमा अपराह्न ४ बजे बस्ने बैठकमा विद्युत् महसुल घटाउने सम्भावित उपाय, ‘सिजनल ट्यारिफ’को संरचना र त्यसबाट उपभोक्ता तथा उद्योगलाई दिन सकिने सहुलियतबारे छलफल हुने बताइएको छ।

समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधिसहित नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्ने तर आन्तरिक खपत सोही अनुपातमा नबढ्दा ठूलो परिमाणमा विद्युत् खेर जाने अवस्था छ। यस्तो अवस्थामा विद्युत्को खपत बढाउन महसुल घटाउने विकल्पमा छलफल भइरहेको हो।

‘सिजनल ट्यारिफ’बाट खपत बढाउने योजना

शाहीका अनुसार वर्षायाममा विद्युत् खेर जानुभन्दा उपभोक्तालाई सस्तो दरमा उपलब्ध गराएर आन्तरिक खपत बढाउनु उपयुक्त हुने भएकाले ‘सिजनल ट्यारिफ’ लागू गर्ने विषयमा गृहकार्य भइरहेको छ।

‘वर्षायामको विद्युत् सस्तो हुने गरी सिजनल ट्यारिफ लागू गर्दा कसरी महसुल घटाउन सकिन्छ भन्ने विषयमा आज मन्त्रालयमा बैठक बस्दैछ,’ शाहीले भने।

उनका अनुसार सस्तो महसुलले घरायसी उपभोक्ताको विद्युत् खपत बढाउनुका साथै उद्योगलाई समेत थप ऊर्जा प्रयोग गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

उद्योगलाई पनि सहुलियत दिने तयारी

प्राधिकरणले उद्योगहरूलाई समेत वर्षायाममा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी गरेको छ। उद्योगले सस्तो विद्युत् पाएपछि त्यसको लाभ उत्पादन लागत घटाएर उपभोक्तासम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भइरहेको शाहीले बताए।

‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छन् भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘हामी छिट्टै निर्णय गर्छौँ।’

खेर जाने विद्युत् उपयोग गर्ने प्रयास

वर्षायाममा विद्युत् उत्पादन बढ्दा प्राधिकरणले अतिरिक्त विद्युत् व्यवस्थापनको चुनौती सामना गर्दै आएको छ। विद्युत् खपत बढाउन नसके उत्पादन भएको ऊर्जा खेर जाने र त्यसबाट प्राधिकरणले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउने समितिको बुझाइ छ।

त्यसैले विद्युत् महसुलमा मौसमी सहुलियत दिएर घरायसी तथा औद्योगिक खपत बढाउने विकल्प अघि सारिएको हो।

सरकारले विद्युत्मा कर तथा महसुलसम्बन्धी नीतिलाई लिएर आलोचना खेपिरहेका बेला ऊर्जा मन्त्रालयले उपभोक्तालाई प्रत्यक्ष राहत दिने विकल्पका रूपमा महसुल पुनरावलोकनको तयारी अघि बढाएको हो।

समितिको छलफलपछि विद्युत् महसुल घटाउने तथा ‘सिजनल ट्यारिफ’ कार्यान्वयनको मोडालिटीबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

सानो गोलभेँडाको मूल्य २५३ प्रतिशतसम्म बढ्यो, खुर्सानी पनि १७९ प्रतिशत महँगो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu