ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानो गोलभेँडाको मूल्य २५३ प्रतिशतसम्म बढ्यो, खुर्सानी पनि १७९ प्रतिशत महँगो


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : २५   बजे

काठमाडौं । भान्सामा दैनिक प्रयोग हुने तरकारी, फलफूल तथा खाद्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । बजार मूल्य विश्लेषणसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार २०८३ असारमा केही तरकारी तथा फलफूलको मूल्य अघिल्लो अवधिको तुलनामा २५३ प्रतिशतसम्म बढेको हो ।

प्रतिवेदनअनुसार सबैभन्दा धेरै मूल्य वृद्धि स्थानीय सानो गोलभेँडामा देखिएको छ । यसको मूल्य २५३ प्रतिशतले बढेको छ । टनेलमा उत्पादन गरिएको सानो गोलभेँडाको मूल्य पनि १५८.६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, हरियो खुर्सानीको मूल्य १७९.४ प्रतिशतले बढेको छ । आँप (दशहरी)को मूल्य १६० प्रतिशत, पिँडालुको १५७ प्रतिशत तथा रायोको साग र तने बोडीको मूल्य १५० प्रतिशतसम्म वृद्धि भएको छ ।

केही वस्तुको मूल्य स्थिर

तरकारी तथा फलफूलको मूल्यमा ठूलो उतारचढाव देखिए पनि केही वस्तुको मूल्य भने स्थिर रहेको छ । प्रतिवेदनअनुसार सिताके च्याउ र हरियो छ्याप्पीको मूल्यमा परिवर्तन भएको छैन ।

अभोकाडोको मूल्य ०.६७ प्रतिशत, ताजा रहु माछाको १.५१ प्रतिशत र पाकेको फर्सीको मूल्य १.७८ प्रतिशतले मात्रै परिवर्तन भएको छ ।

चामल र चिउराको मूल्य पनि बढ्यो

खाद्यान्नतर्फ वैशाखको तुलनामा असारमा सोना मन्सुली, स्टिम जिरा र मोटा चामलको मूल्यमा सामान्य वृद्धि भएको छ । थोक बजारमा चामल र चिउराको मूल्य बढ्दा पिठो र मैदाको मूल्य भने केही घटेको प्रतिवेदनले देखाएको छ ।

असारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ देखि ११० रुपैयाँसम्म पुगेको छ ।

तरकारी, फलफूल तथा खाद्य वस्तुको मूल्यमा भएको यस्तो वृद्धिले उपभोक्ताको दैनिक खर्चमा प्रत्यक्ष दबाब बढाएको प्रतिवेदनले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

भकुण्डेवेशीमा प्रहरी इन्चार्ज र युवतीको भिडियो प्रकरण : युवतीद्वारा जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu