ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि कांग्रेस सांसद प्रकाशबहादुर देउवा पदमुक्त


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा सांसद पदबाट पदमुक्त भएका छन्।

प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेशलाई मंगलबार सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि देउवाको प्रदेश सभा सदस्य पद रिक्त भएको हो।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार देउवा सभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको हो।

सभामुख भण्डारीले बुधबार बस्ने प्रदेश सभा बैठकमा देउवाको पद रिक्त भएको विषयमा औपचारिक जानकारी गराउनेछन्। त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई समेत जानकारी गराइने प्रदेश सभा सचिवालयले जनाएको छ।

११ महिनादेखि अमेरिका

गत वर्ष भएको जेनजी आन्दोलनपछि भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा त्यसयता नेपाल फर्किएका छैनन्।

स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकामै उपचार तथा आराम गरिरहेको जानकारी उनले प्रदेश सभा सचिवालयलाई गराएका थिए। तर लामो समयसम्म प्रदेश सभा बैठकमा अनुपस्थित रहँदा उनको सांसद पदसम्बन्धी प्रश्न उठेको थियो।

देउवा लामो समयदेखि अमेरिका रहे पनि पछिल्लो ११ महिनाको तलब तथा सेवा–सुविधा भने प्राप्त गर्दै आएका थिए। उनको खातामा पारिश्रमिक तथा विभिन्न सेवा–सुविधाबापत ७ लाख ५३ हजार ५०० रुपैयाँ भुक्तानी भएको जनाइएको छ।

कैलाली–५ ‘ख’ बाट निर्वाचित

देउवा २०७९ सालको प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ को ‘ख’ बाट निर्वाचित भएका थिए। उनी सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्रीसमेत बनेका थिए।

उनी नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिज हुन्।

प्रदेश सभा सचिवालयका अनुसार अब उनको पद रिक्त भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई दिइनेछ। त्यसपछि रिक्त पदसम्बन्धी आवश्यक निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

सम्बन्धित

पश्चिम सेती अघि बढाउन प्रदेश सरकारको पूर्ण सहयोग हुन्छ : मुख्यमन्त्री भट्ट

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

भौतिकमन्त्री लम्सालको स्वास्थ्यमा समस्या, बैतडीबाट हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइँदै

खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री, बजेट शून्यता अन्त्य गर्ने चुनौती

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu