ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियाबीच मंगलबार महासंघको टेकुस्थित सचिवालयमा भेटवार्ता भएको छ ।

भेटमा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र संयुक्त राष्ट्रसंघलगायत सबै पक्षबीच परिणाममुखी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

महासंघका अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवर्द्धन र मर्यादित रोजगारीलाई जोडेर संयुक्त राष्ट्रसंघसँग व्यावहारिक कार्यक्रम अघि बढाउन महासंघ इच्छुक रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा लगानी र व्यवसायिक विश्वास पुनर्स्थापित गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्दै विकासको केन्द्रमा राखिनुपर्ने बताए ।

आवासीय संयोजक याहियाले नेपालमा निजी क्षेत्रसँग बलियो साझेदारीका लागि संयुक्त राष्ट्रसंघ सकारात्मक रहेको बताइन् । उनले समावेशी तथा दिगो आर्थिक विकासका लागि नेपाललाई संयुक्त राष्ट्रसंघको निरन्तर सहयोग रहने बताइन् ।

स्तरोन्नतिपछि थप सहयोग आवश्यक

अध्यक्ष श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकाले स्तरोन्नतिको समय तीन वर्ष थप गरी सन् २०२९ नोभेम्बरसम्म पुर्‍याउन माग गरे । स्तरोन्नतिपछिको संक्रमण सहज बनाउन उत्पादन क्षमता, निर्यात प्रतिस्पर्धा, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्षमतामा संयुक्त राष्ट्रसंघको थप सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

याहियाले सरकारले यस विषयमा संयुक्त राष्ट्रसंघलाई अनुरोध गरिसकेको जानकारी दिँदै सम्बन्धित समितिले निर्णय गर्ने बताइन् । उनले स्तरोन्नतिलाई केवल हैसियत परिवर्तनका रूपमा नभई दिगो आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, लगानी विस्तार तथा उत्पादन र निर्यात क्षमता बढाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

विप्रेषणमा निर्भर अर्थतन्त्र रूपान्तरण गर्नुपर्ने

याहियाले नेपालको युवा जनशक्ति र विभिन्न क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्न स्थिर तथा पूर्वानुमानयोग्य नीति आवश्यक रहेको बताइन् । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित रणनीति आवश्यक रहेको उनको भनाइ थियो ।

उनले नेपालले अहिले उपलब्ध जनसांख्यिक लाभलाई उपयोग गर्नुपर्ने उल्लेख गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताइन् ।

महासंघका अध्यक्ष श्रेष्ठले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, प्रविधि, सीप, बजार र सूचनाको सहज पहुँच उपलब्ध गराउन विशेष कार्यक्रम आवश्यक रहेको बताए । यस्ता उद्यमलाई प्रतिस्पर्धी, डिजिटल, औपचारिक तथा वातावरणमैत्री बनाउन महासंघ र संयुक्त राष्ट्रसंघबीच सहकार्य गर्न सकिने उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu