काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०८३ मङ्सिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो। प्रतियोगिताको मस्कट लोपोन्मुख जनावर रेड पांडा राखिएको छ भने लोगोमा सात रङको चन्द्र तथा सूर्य झन्डा समावेश गरिएको छ।
बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि आयोजना गर्ने निर्णयसमेत गरेको छ।
यसैबीच, चीनले विकास गरेको म्याग्लेभ रेलले परीक्षणका क्रममा प्रतिघण्टा ८०० किलोमिटरको गति हासिल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गरिएको छ। सन् २०२६ अगस्ट १३ मा हुबेईस्थित डोङ्हु प्रयोगशालाको एक किलोमिटर लामो परीक्षण ट्र्याकमा गरिएको परीक्षणका क्रममा १ हजार १०० किलोग्राम तौलको रेलले ५.३ सेकेन्डमै शून्यबाट प्रतिघण्टा ८०० किलोमिटरको गति हासिल गरेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्