ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : १५   बजे

मुम्बई । व्यवसायी तथा अभिनेता राज कुन्द्राले सन् २०२१ को अश्लील सामग्रीसम्बन्धी प्रकरणमा पक्राउ परेपछि मुम्बईको आर्थर रोड जेलमा बिताएका ६३ दिनको कठिन अनुभव सार्वजनिक गरेका छन् ।

एबीपी न्युजसँगको अन्तर्वार्तामा कुन्द्राले हिरासतमा रहँदा पत्नी तथा अभिनेत्री शिल्पा शेट्टीले आफूलाई सम्बन्धविच्छेद गर्न लागेको हल्ला सुनेपछि मानसिक रूपमा निकै विचलित भएको बताएका छन् । उनले त्यसबेला आत्महत्या गर्ने सोचसमेत आएको खुलासा गरेका छन् ।

कुन्द्राका अनुसार जेलमा क्षमताभन्दा धेरै कैदी राखिएको थियो । उनले पार्ले–जी बिस्कुट र पानीकै भरमा समेत दिन बिताउनुपरेको र त्यस अवधिमा आफ्नो तौल १७–१८ किलो घटेको बताएका छन् ।

उनले हिरासतमा रहँदा एक दिन शिल्पाले आफूलाई छाड्न लागेको हल्ला सुनेको बताए । त्यसपछि आफू रातभर सुत्न नसकेको र जीवन नै समाप्त गर्ने सोच आएको उनको भनाइ छ ।

तर, भोलिपल्ट शिल्पासँग फोनमा कुराकानी भएपछि आफूमा नयाँ ऊर्जा आएको उनले बताए । शिल्पाले हल्ला गलत भएको र आफू उनको साथमा रहेको बताएपछि आफूले कठिन परिस्थितिसँग सामना गर्ने साहस पाएको कुन्द्राको भनाइ छ ।

२०२१ मा पक्राउ

सन् २०२१ मा मुम्बई प्रहरीको अपराध शाखाले मोबाइल एपमार्फत अश्लील सामग्री उत्पादन तथा वितरण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरेको थियो । प्रहरीले अश्लील सामग्री हटसट्स र बलीफेमलगायत एपमा अपलोड हुने गरेको दाबी गरेको थियो ।

कुन्द्राको कम्पनी वियान इन्डस्ट्रिजले ती एप सञ्चालनमा सहयोग गरेको प्रहरीको आरोप थियो । अनुसन्धानका क्रममा ह्वाट्सएप, इमेल तथा विद्युतीय उपकरणबाट प्राप्त सामग्रीलाई प्रमाणका रूपमा प्रयोग गरिएको थियो ।

कुन्द्राले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । ६३ दिन हिरासतमा बसेपछि उनी अदालतको आदेशमा जमानतमा रिहा भएका थिए ।

उक्त मुद्दा अझै अदालतमा विचाराधीन रहेको छ । शिल्पा शेट्टी र राज कुन्द्राबीच सम्बन्धविच्छेद भएको भन्ने चर्चा चले पनि उनीहरूबीच सम्बन्ध कायम रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

वर्षा राउतको पहिरन चर्चामा, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

अमरेन्द्र यादवलाई धम्की आएको दाबीपछि सूर्य थापाको प्रतिक्रिया : ‘आश्चर्य लाग्यो’

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय

‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्ध

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu