ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्ध


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ४५   बजे

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्ध भएका छन्। लगातार चर्चित कलाकारलाई अनुबन्ध गरिरहेको चलचित्रमा यसअघि सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन जोडिइसकेका छन्।

निर्देशक सौरभ चौधरीले चलचित्रको कथाअनुसार कलाकार छनोटमा कुनै सम्झौता नगरेको बताएका छन्। “हाम्रो कथा जस्तो छ, त्यस्तै कलाकार अनुबन्ध गराउन हामीले कुनै पनि कन्जुस्याइँ गरेका छैनौँ,” उनले भने, “सिनेमा राम्रो बनाउन हामीले यो पटक कुनै पनि पक्षमा सम्झौता गर्दैनौँ।”

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र मल्टिस्टार हुने निर्देशक चौधरीले बताए। उनले चलचित्रको कलाकार लाइनअपमा थप ‘सरप्राइज’ अझै बाँकी रहेको जानकारी दिएका छन्।

‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। निर्देशक चौधरीका अनुसार चलचित्र ‘एपिक एक्सन ड्रामा’ विधामा निर्माण हुनेछ।

चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गर्ने तयारी छ। यसको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् भने को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। चलचित्रको डीओपीको जिम्मेवारी मानकृष्ण महर्जनले सम्हाल्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनमै ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

संसद्मा रास्वपाको शैलीप्रति नेतृत्वको चासो, सांसद–मन्त्रीलाई संयमित हुन निर्देशन

सम्बन्धित

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत

बलिउड गायक नवजोत आहुजा पहिलोपटक नेपालमा, आज ठमेलमा प्रस्तुति दिँदै

शाहरुखको ‘मन्नत’मा दुई सर्प भेटिए

रंगमञ्चका समस्या बुझ्न ६ नाटकघर पुगे प्रज्ञा–प्रतिष्ठानका कुलपति खनाल

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu