ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्षामन्त्रीबाट हटाइएका फेडोरोभद्वारा चुनावको माग : युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको दाबी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ०५   बजे
काठमाडौँ — रुससँगको भीषण युद्ध जारी रहेकै समयमा युक्रेनभित्र ठूलो राजनीतिक हलचल पैदा भएको छ। पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभले देशमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै तत्काल राष्ट्रपति निर्वाचन गराउन सार्वजनिक आह्वान गरेका छन्।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्व निकट मानिएका फेडोरोभको यो कदमलाई युद्ध सुरु भएयता वर्तमान सरकारसामु उभिएको सबैभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा हेरिएको छ। गत जुलाईमा पदबाट बर्खास्त गरिएका फेडोरोभले युट्युबमार्फत भिडिओ सन्देश जारी गर्दै युद्धका बीच पनि लोकतान्त्रिक प्रक्रिया पुनारम्भ गर्न सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताएका छन्।
मार्सल ल र कानुनी अड्चन
युक्रेनमा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको २४ फेब्रुअरी २०२२ देखि नै मार्सल ल (सैन्य शासन/संकटकाल) लागु छ। देशको विद्यमान कानुनअनुसार मार्सल ल कायम भएसम्म कुनै पनि निर्वाचन गराउन पाइँदैन।
तथापि, फेडोरोभले वर्तमान सत्ता आत्मरक्षा र सुधारको विरोधमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्। उनले नाम नलिईकन सरकारी संयन्त्रमा बढेको भ्रष्टाचारको कडा आलोचना गरे।
“युद्धका बेला हुने भ्रष्टाचार केवल आर्थिक अपराध मात्र होइन, यो हाम्रो अस्तित्व र जित्ने क्षमतासँग जोडिएको गम्भीर विषय हो,” उनले भनेका छन्। उनले रक्षा बजेटको प्रत्येक ‘रिभ्निया’ (युक्रेनी मुद्रा) निजी स्वार्थमा नभई देशको सुरक्षामै प्रयोग हुनुपर्नेमा जोड दिएका छन्।
नयाँ रक्षामन्त्रीको मनोनयनलगत्तै वक्तव्य
रक्षा मन्त्रालयको खरिद प्रणालीमा पारदर्शिता ल्याउन आफूले खेलेको भूमिकाका कारण नै आफूलाई पदबाट हटाइएको फेडोरोभको दाबी छ।
संसद्का अध्यक्ष रुस्लान स्टेफानचुकले मङ्गलबार सामाजिक सञ्जालमार्फत येभहेनी ख्मारालाई नयाँ रक्षामन्त्रीका रूपमा मनोनयन गरिएको जानकारी दिएका थिए। संसद्ले ख्माराको नाम अनुमोदन गरेको केही घण्टामै फेडोरोभको यो आक्रामक सम्बोधन बाहिर आएको हो।
किएभमा विरोध प्रदर्शन जारी
फेडोरोभको अभिव्यक्तिबारे राष्ट्रपति जेलेन्स्कीको कार्यालयले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
तर, फेडोरोभलाई अचानक पदमुक्त गरिएपछि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ। साताका अन्य दिनमा भिड केही पातलो भए पनि सप्ताहन्तमा अझै हजारौँ नागरिक सडकमा उत्रिने गरेका छन्। प्रदर्शनकारीहरूले फेडोरोभको पुनर्बहालीको माग गर्दै जेलेन्स्की सरकारविरुद्ध नाराबाजी र प्लेकार्ड प्रदर्शन गरिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज अपराह्नदेखि वर्षाको सम्भावना, बिहान बादलले ढाकियो उपत्यका

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

सम्बन्धित

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

इरानमाथि यूएईको कडा आर्थिक कदम : सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोकियो

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

दक्षिण कोरियाले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन छोट्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu