काठमाडौं । सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गइरहेको दाबी गरेको छ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उद्योग मन्त्रालयले ग्यास आपूर्ति सहज बनाउन आवश्यक काम गरिरहेको जानकारी दिए।
उनका अनुसार विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरण भइरहेको छ। कतिपय ठाउँमा आवश्यकताभन्दा बढी ग्यास भण्डारण गरिएका कारण अन्य क्षेत्रमा अभाव देखिएको उनले बताए।
‘मन्त्रालय यसप्रति संवेदनशील भएर काम गरिरहेको छ र आपूर्ति सहज हुँदै गइरहेको छ,’ प्रवक्ता पोखरेलले भने।
उनले ग्यास वितरणलाई व्यवस्थित गर्दै अभाव देखिएका स्थानमा आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए।
यसैबीच, प्रवक्ता पोखरेलले प्रधानमन्त्री संसद्को प्रश्नोत्तर कार्यक्रममा समय आएपछि सहभागी हुने बताएका छन्। स्वास्थ्य क्षेत्रमा भने आइतबार ओपीडी (बाह्य रोगी विभाग) सञ्चालन नहुने उनले जानकारी दिए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्