ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाले जानकारी दिए।

विल्सन रोगका कारण गम्भीर अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था जटिल रहेकाले करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत अवस्था स्थिर बनाएपछि प्रत्यारोपण गरिएको डा. थापाले बताए।

आमाले आफ्नो कलेजोको एक अंश छोरीलाई दान गरेकी हुन्। अस्पताल प्रशासनका अनुसार आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफल भएको छ।

अस्पतालका अध्यक्ष इन्जिनियर आशिष थापाले नेपालमै निजी अस्पतालबाट बाल कलेजो प्रत्यारोपण सफल हुनु गौरवको विषय भएको बताए। जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यअनुसार अस्पतालले दक्ष जनशक्ति, प्रविधि र पूर्वाधारमा लगानी गर्दै आएको उनको भनाइ छ।

प्रबन्ध निर्देशक डा. अविषेक थापाले बालिकाको सफल कलेजो प्रत्यारोपण किष्टका लागि मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रकै महत्वपूर्ण उपलब्धि भएको बताए। आगामी दिनमा बालबालिकाका जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ टोली, अत्याधुनिक पूर्वाधार र समन्वयात्मक उपचार प्रणालीलाई थप सुदृढ गर्ने उनले बताए।

बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, सघन उपचार टोलीसहित अत्याधुनिक पूर्वाधार आवश्यक पर्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले समन्वयमा उपचार सफल बनाएको जनाएको छ।

अस्पतालका मिडिया कन्सल्टेन्ट राजकुमार सिल्वालले यो सफलता नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्वपूर्ण कदम भएको बताए। आमाको त्याग, चिकित्सकको समर्पण र आधुनिक चिकित्सा सेवाको समन्वयले बालिकालाई नयाँ जीवनको अवसर दिएको अस्पतालको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

सम्बन्धित

दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

खाली घरले सुनाएको स्वाँराको कथा : अवसरको खोजीमा रित्तिँदै गाउँ

सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता, बोलपत्रमै व्यवस्था अनिवार्य

आज एकैदिन नौवटा संसदीय समितिको बैठक बस्दै

बागमतीमा राप्रपाको विवादकै बीच तीन सांसद मन्त्री बन्दै

सरकारले व्यहोर्ने भयो सन्तोष राईको शव नेपाल ल्याउने खर्च, आशिकाले भनिन्– ‘अब सहयोग आवश्यक छैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu