ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाली घरले सुनाएको स्वाँराको कथा : अवसरको खोजीमा रित्तिँदै गाउँ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : ४५   बजे

सुलीकोट (गोरखा), भदौ ४ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँराको पुरानो नेवार बस्ती कुनै समय मानिसको हाँसो, बालबालिकाको चहलपहल र चुलोको धुवाँले भरिन्थ्यो। अहिले भने यही बस्ती सुनसान बन्दै गएको छ।

बस्तीका १३ घरमध्ये अधिकांश खाली छन्। कतिपय घरका ढोकामा ताल्चा झुन्डिएका छन् भने आँगन र घरवरिपरि घाँस उम्रिएको छ। कुनै समय मानिसको आवतजावतले भरिने गोरेटो बाटोमा पनि अहिले मानिसका पाइला पातलिएका छन्।

स्वाँराका यी खाली घरहरू केवल बसाइँसराइको दृश्य होइनन्। तिनले गाउँबाट मानिस पलायन हुनुपरेका बाध्यता र बदलिँदो ग्रामीण जीवनको कथा बोकेका छन्।

गाउँमै पर्याप्त रोजगारीको अवसर नहुनु, छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सहर जानुपर्ने अवस्था, बिरामी पर्दा सहज स्वास्थ्य सेवा नपाइनु तथा सडकजस्ता आधारभूत पूर्वाधारको अभावले धेरै परिवारलाई जन्मथलो छाड्न बाध्य बनाएको स्थानीयको भनाइ छ।

बारपाक सुलिकोट गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर गुरुङका अनुसार रोजगारी, शिक्षा र स्वास्थ्यका अवसरको कमी तथा कमजोर सडक पहुँचका कारण गाउँबाट बसाइँसराइ बढिरहेको छ।

“गाउँमै आवश्यक अवसर र सुविधा नहुँदा आफ्नो जन्मथलो छाडेर अन्यत्र जानुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो।

स्थानीय वीरबहादुर तामाङका लागि भने गाउँ छाड्नु रहर होइन, बाध्यता हो।

“जन्मेको माटो कसलाई प्यारो हुँदैन र ? आफ्नो गाउँ, घर, आँगन र आफन्तसँगको सम्बन्ध कसैले सहजै तोड्न चाहँदैन,” उहाँले भन्नुभयो, “तर पेट पाल्ने जिम्मेवारी, छोराछोरीको भविष्य र सुरक्षित जीवनको खोजीले मानिसलाई आफ्नै घरको आँगन छाड्न बाध्य बनाएको छ।”

गाउँ रित्तिँदै, खेतबारी बाँझिँदै

रोजगारी र शिक्षाको खोजीमा मानिस सहर तथा विदेश जान थालेपछि स्वाँरामा एकपछि अर्को परिवार बाहिरिँदै गए। मानिस गएसँगै घरहरू सुनसान भए, खेतबारी बाँझिन थाले र बस्तीको पुरानो रौनक हराउँदै गयो।

आज स्वाँराका खाली घरहरूले एउटा गम्भीर प्रश्न उठाइरहेका छन्—मानिसहरूले गाउँ छाडेका हुन् कि गाउँले मानिसलाई रोक्न सकेन ?

आँगनमा उम्रिएको घाँस सामान्य घाँस मात्र होइन, बस्तीबाट बिस्तारै हराउँदै गएको जीवनको संकेतजस्तो देखिन्छ। बन्द ढोकाभित्र विगतका सम्झना अझै सुरक्षित होलान्। ती घरका भित्ताले कुनै समयका हाँसो, दुःख–सुख र पारिवारिक जीवनका कथा बोकेका होलान्। तर ती कथा सुनाउने र सुन्ने मानिसहरू भने अहिले त्यहाँ छैनन्।

स्वाँराको अवस्था एउटा बस्तीको मात्र कथा होइन। रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र सुरक्षित भविष्यको खोजीमा गाउँ छाड्न बाध्य गोरखावासीको साझा चित्र पनि हो।

गाउँमा मानिस टिकाउन घर र सडक मात्र पर्याप्त हुँदैनन्। स्थानीय रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सुरक्षित भविष्यको भरोसा आवश्यक हुन्छ।

यदि गाउँमै अवसर सिर्जना गर्न सकिएन भने स्वाँराका जस्ता खाली घरको संख्या अझ बढ्न सक्छ। त्यसैले यी बन्द ढोकालाई केवल पुरानो बस्तीको दृश्यका रूपमा नभई गाउँबाट भइरहेको जनपलायनका कारण र त्यसको समाधानबारे सोच्न बाध्य बनाउने संकेतका रूपमा हेर्न आवश्यक छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, एभियन इन्फ्लुएन्जासहित विभिन्न रोग पुष्टि

डिजिटल बैंकिङ विस्तारसँगै बढ्दो साइबर जोखिम, सुरक्षा खर्चमा पनि दबाब

नेपालगञ्ज–पोखरा हवाई सेवा भदौ ३१ देखि पुनः सञ्चालन

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

भावुक हुँदै अमेरिका फर्किए धुर्मुस, लेखे– ‘१८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु’

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu