काठमाडौं , ३ बैशाख । राजपा नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् ।
संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका लागि आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिए ।
नेता ठाकुरको रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । संयोजक ठाकुरसँगै दिल्लीमा रहेका कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएको छ । एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको उनको भनाई छ ।
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । चैत ३० भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्