ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जय नेपाल पार्टीका १० निर्णय : ७७ जिल्लामा संगठन विस्तारदेखि स्थानीय निर्वाचनको तयारीसम्म


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ०५   बजे

काठमाडौं । नवगठित जय नेपाल पार्टीले संगठन विस्तारदेखि आगामी स्थानीय तहको निर्वाचनको तयारीसम्मका १० वटा महत्वपूर्ण निर्णय गरेको छ।

पार्टी अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले भदौ र असोजभित्र ७७ वटै जिल्लामा जिल्ला तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। त्यसका लागि केन्द्रीय सदस्यहरू सम्मिलित टोली परिचालन गरिने पार्टीले जनाएको छ।

जय नेपाल पार्टीले गत साउन २९ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो।

स्थानीय निर्वाचनको तयारी

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तयारी अघि बढाउने निर्णय गरेको छ। स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सम्पर्कमा आउन पार्टीले आह्वान गरेको छ।

यस्तै, भदौ महिनाभित्र युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन, विभाग तथा समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णय गरिएको छ।

संविधान संशोधनमा जनमतको माग

बैठकले संविधान निर्माणका क्रममा देशभरबाट प्राप्त जनसुझाव बेवास्ता गरिएको आरोप लगाउँदै ती सुझावको पुनःमूल्यांकन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

जनताको अभिमत सम्बोधन हुने गरी संविधान संशोधन गर्न सरकारमाथि आवश्यक दबाब सिर्जना गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा जनमत निर्माण गर्दै सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने उद्देश्यले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

गौसंरक्षणका लागि दबाबमूलक कार्यक्रम

बैठकले राष्ट्रिय जनावर गाईको संरक्षणलाई राष्ट्रिय दायित्वका रूपमा अघि बढाउने निर्णय गरेको छ।

गौहत्या गैरकानुनी भए पनि विभिन्न स्थानमा गाई हत्या तथा गाईको मासु बिक्री–वितरण हुने गरेको भन्दै त्यसलाई रोक्न राज्य तथा सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्ने निर्णय गरिएको छ। यसका लागि भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सातवटै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माणका लागि जनमत सिर्जना गर्ने पार्टीले जनाएको छ।

अनलाइन सदस्यता र प्रवासी नेपालीको मताधिकार

पार्टीले भदौभित्रै अनलाइनमार्फत सदस्यता लिन सकिने गरी विद्युतीय प्रणाली निर्माण गर्ने निर्णय गरेको छ। प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।

‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताअनुसार प्रवासमा रहेका नेपाली नागरिकलाई मताधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

विचार मिल्ने शक्तिसँग एकताको पहल

जय नेपाल पार्टीसँग विचार र उद्देश्य मिल्ने राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई एकताबद्ध गर्न वार्ता समिति गठन गरिने भएको छ।

यस्तै, पार्टीका नीति, विचार र लक्ष्यलाई आधार बनाएर स्थिर तथा समुन्नत नेपाल निर्माणको मार्गचित्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ। त्यस क्रममा स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयका विज्ञ नेपालीबाट सुझाव तथा परामर्श लिइने पार्टीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Former Defense Chief Calls for Wartime Elections, Challenging Zelenskyy

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने सहमति

US National Debt Surpasses $40 Trillion: A Deep Dive Into Rising Figures

Gaza City Holds Mass Funeral for Dozens of Palestinians Killed in Ongoing Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu