ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी खोलाको बाढीले घान्द्रुक जाने सडक बगायो, बिरेठाँटी बजार जोखिममा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

पोखरा । मोदी खोलामा आएको बाढीले कास्कीको प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने पक्की सडकका विभिन्न भाग बगाएको छ। बाढीका कारण अन्य सडकखण्डसमेत क्षतिग्रस्त भएपछि स्थानीयवासी र पर्यटक पैदल यात्रा गर्न बाध्य भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित बिरेठाँटी बजारसमेत बाढीको उच्च जोखिममा परेको छ। गत साउन २८ गते राति आएको बाढीले सडकका धेरै भाग बगाएपछि बिरामी, बालबालिका तथा वृद्धवृद्धालाई आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।

त्यसयता पनि मोदी खोलामा पटक–पटक बाढी आउँदा बिरेठाँटीको अस्तित्व नै जोखिममा परेको स्थानीयको भनाइ छ। घान्द्रुक जाने सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीसमेत प्रभावित भएकाले गाउँमा खाद्य संकट आउन सक्ने चिन्ता बढेको छ।

बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता

स्याउलीबजारबाट करिब दुई घण्टा स्ट्रेचरमा बिरामी बोकेर नयाँपुलसम्म ल्याएका राजेन्द्र गुरुङले सडक अवरुद्ध हुँदा उपचारका लागि अस्पताल पुग्नसमेत कठिन भएको बताए।

‘बाढीले घान्द्रुक जाने बाटो धेरै स्थानमा बगाएको छ, बिरामीलाई स्ट्रेचरमा बोक्नुपरेको छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहे घान्द्रुकमा खाद्यान्नको अभाव हुन सक्छ।’

अन्नपूर्ण–१० घान्द्रुकका गुरुङका अनुसार ९–१० जनाको समूह बनाएर बिरामीलाई दुई घण्टासम्म बोकेर मध्यपहाडी राजमार्गको नयाँपुलसम्म ल्याउनुपर्ने अवस्था छ।

दैनिक जीवनसँगै पर्यटन व्यवसाय प्रभावित

उल्लेरीबाट पोखरा आएका हुमबहादुर पुनले गत साउन २८ गते मोदी खोलामा वर्षकै ठूलो बाढी आएको बताए। बाढीले अन्नपूर्ण गाउँपालिकाका चार वडाका सडकमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ।

‘यस्तो ठूलो बाढी हामीले अहिलेसम्म कहिल्यै भोग्नुपरेको थिएन,’ उनले भने, ‘पहिला गाउँमै सडक पुग्थ्यो, अहिले हिँडेर आउन बाध्य भएका छौँ।’

नयाँपुलदेखि उल्लेरीसम्मको सडक विभिन्न स्थानमा बगेपछि यातायात र व्यवसाय प्रभावित भएको स्थानीय यातायात व्यवसायी हिमलाल भण्डारीले बताए। सडक तत्काल मर्मत नगरे पर्यटन क्षेत्रसँगै स्थानीयको दैनिक जीवनसमेत थप प्रभावित हुने उनको भनाइ छ।

प्रदेश सरकारद्वारा स्थलगत निरीक्षण

यसैबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपालीले बाढी प्रभावित बिरेठाँटी क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

उनले बिरेठाँटी निकै जोखिममा रहेको बताउँदै तत्काल सडक सञ्जाल खुलाउन नेपाली सेनासहितको टोली परिचालन गरिएको जानकारी दिए।

‘यो ठाउँ एकदमै जोखिमपूर्ण छ। हामीले तत्काल निकास खोज्नुपर्छ र दीर्घकालीन हिसाबले पनि त्यहाँ फेरि धराप नपर्ने गरी समाधान निकाल्नुपर्छ,’ मन्त्री नेपालीले भने।

प्रदेश सरकार, स्थानीय तह र नेपाली सेनाको संयुक्त प्रयासमा सडक खुलाउने काम सुरु गरिएको उनले जानकारी दिए।

बाढीको कारण खोजिँदै

मन्त्री नेपालीले बाढीको कारणबारे समेत अध्ययन भइरहेको बताए। उनका अनुसार माथिल्लो क्षेत्रबाट ठूला रुख, ढुंगा तथा माटो बगेर आउँदा खोलाको धार परिवर्तन भई बस्तीतर्फ बाढी पस्ने समस्या देखिएको छ।

‘हामी कारण पत्ता लगाउँदैछौँ। माथिबाट ठूला रुखहरू र ढुंगामाटो बगिरहेका छन्, ती कहाँबाट उत्पत्ति भए भन्ने कुरा पहिचान गर्दैछौँ,’ उनले भने।

मोदी खोलामा असारदेखि साउनसम्म ६ पटकभन्दा बढी बाढी आएको बताइएको छ। बारम्बार आउने बाढीका कारण सडक, बस्ती र पर्यटकीय क्षेत्रमा दीर्घकालीन जोखिम बढेको भन्दै यसको स्थायी समाधानका लागि अध्ययन र योजना आवश्यक देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu