ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार, चार करोडभन्दा बढी राजस्व


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ। विदेशी सिकारीले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सिकार गरी वन्यजन्तु विभागलाई राजस्वबापत चार करोड १७ लाख रुपैयाँभन्दा बढी बुझाएका छन्।

ढोरपाटनमा प्रत्येक वर्ष दुई चरणमा सिकार हुने गरेको छ। आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम असोजदेखि मंसिरसम्म ११ नाउर र आठ झारलको सिकारका लागि अनुमति दिइएको थियो। त्यसमध्ये विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए। अनुमति पाएका तीन नाउर र तीन झारलको भने सिकार हुन सकेन।

दोस्रो सिकार याम फागुनदेखि वैशाखसम्म १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो। यस अवधिमा १३ नाउर र छ झारलको सिकार सफल भएको थियो। एक नाउर र चार झारलको भने सिकार हुन सकेन।

रेञ्जर सुवेदीका अनुसार प्राविधिक समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही वन्यजन्तुको सिकार हुन नसकेको हो।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पनि गोलीगठ्ठामा देखिएको समस्या, सिकारीको स्वास्थ्य अवस्था, मौसम परिवर्तन तथा निसाना चुक्नुलगायत कारणले केही नाउर र झारलको सिकार हुन नसकेको जानकारी दिए।

नेपालमा कानुनी रूपमा सिकार गर्न पाइने एकमात्र आरक्ष ढोरपाटनमा विदेशी सिकारी महँगो शुल्क तिरेर आउने गरेका छन्। नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन्।

सिकार व्यवस्थापनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी तथा सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या तथा अवस्थाका आधारमा प्रत्येक वर्ष सिकारको कोटा निर्धारण गर्ने गर्छ।

ढोरपाटन सिकार आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सातवटा ब्लकमा विभाजन गरिएको छ। व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकोप्टरमार्फत आरक्ष पुग्ने गर्छ। हेलिकोप्टर, सहयोगी, बन्दोबस्तलगायत सिकारका क्रममा लाग्ने सम्पूर्ण खर्च सिकारी आफैँले व्यहोर्ने गरेका छन्।

आरक्ष कार्यालयका अनुसार एकजना सिकारीले १५ दिनको सिकार अवधिमा करिब २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्। सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जंगलमा रहने गर्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रत्येक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा तथा राजस्व दर निर्धारण गर्ने गरेको छ। नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टरलगायत खर्च जोड्दा एकजना विदेशी सिकारीले ठूलो रकम खर्च गर्ने गरेका छन्।

हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले भने प्रतिस्पर्धा गरेका छैनन्।

विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu