काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेस गरेको रिट फिर्ता लगिएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेस गरेको रिट फिर्ता लगिएको छ।
शुक्रबार दिउँसो वारेसमार्फत सर्वोच्च अदालतमा पेस गरिएको रिट कार्यालय समय सकिने बेला ‘करेक्सन’का लागि भन्दै फिर्ता लगिएको हो।
सर्वोच्च अदालत प्रशासनले रिटलाई अध्ययनकै क्रममा राखेको थियो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार साँझ देउवाका वारेस अदालतमा आएर रिट फिर्ता लगेका हुन्।
‘रिट अध्ययनकै क्रममा थियो। उहाँहरू कार्यालय समय सकिने बेला साँझमा आएर करेक्सन गर्न लैजान्छौँ भन्दै लिएर जानुभयो। सोमबार करेक्सन गरेर ल्याउने कुरा गर्नुभएको थियो,’ कोइरालाले भने।
नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै देउवाले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्।
रिटमा महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गरिएको छ। ‘करेक्सन’पछि देउवा पक्षले सोमबार पुनः सर्वोच्चमा रिट पेस गर्ने तयारी गरेको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्