ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ७ : २५   बजे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँ बैठक भदौ ७ गते दिउँसो १ बजे बस्नेछ। सोही बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ अनुसार उपसभामुखले बैठकको मिति र समय निर्धारण गरेकी हुन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएपछि थापामगरले विश्वासको मत लिन लागेका हुन्।

६३ सांसदको समर्थनमा मुख्यमन्त्री

मुख्यमन्त्री थापामगर एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनले भदौ ३ गते ती तीन दलको समर्थनसहित प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गरेका थिए। त्यसपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।

५३ मत आवश्यक

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ जना सांसदको समर्थन आवश्यक पर्छ। वर्तमान सत्ता गठबन्धनसँग ६३ सांसदको समर्थन रहेको दाबी गरिएको छ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

गठबन्धनसँग दाबी गरिएको समर्थन कायम रहेमा मुख्यमन्त्री थापामगरले आवश्यक मतभन्दा १० मत बढीले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu