गण्डकी । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पारिवारिक भ्रमणका क्रममा शुक्रबार अपराह्न पोखरा पुगेका छन्। उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बस्ने भएका छन्।
Originally published on abcnews.com.np.
गण्डकी । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पारिवारिक भ्रमणका क्रममा शुक्रबार अपराह्न पोखरा पुगेका छन्। उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बस्ने भएका छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाह अस्ताम पुगेका छन्। उनका अनुसार प्रधानमन्त्रीको भ्रमण पूर्णतः पारिवारिक रहेको र कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन।
‘प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो। उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ,’ बरालले भने, ‘प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन।’
प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौंँबाट सडकमार्ग हुँदै पोखरा पुगेका हुन्। उनी शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्रीको भ्रमणले स्थानीयवासीमा उत्साह थपिएको छ। अस्तामका स्थानीय शोभाखर अधिकारीले गाउँमा सडक तथा खानेपानीको समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री आफैँ गाउँमा आएकाले स्थानीय समस्या समाधान हुने आशा व्यक्त गरे।
त्यस्तै, स्थानीय पर्यटन व्यवसायी नन्दलाल अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताए।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै कास्कीमा सुरक्षा व्यवस्था थप चुस्त पारिएको जिल्ला प्रशासनले जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्