ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ३५   बजे

कैलाली । सुदूरपश्चिम प्रदेशमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्री र मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री भट्टले आज नेकपाबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

गत २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिसकेका थिए ।

एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन् ।

आज पाँच जना नयाँ मन्त्री तथा राज्यमन्त्रीले शपथ लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई बधाई

सम्बन्धित

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

आजको मौसम : देशभर बदली, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu