ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ४५   बजे

जनकपुरधाम । तस्करीको सामानसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको विवादमा मुछिएका सप्तरीको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मा जिल्ला प्रहरी कार्यालय सप्तरी तानिएका छन् ।

भारतबाट भन्सार छली ल्याइएको मोबाइल पार्ट्स र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको आरोप लागेपछि शर्मालाई जिल्ला तानिएको हो ।

साउन १८ गते बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँबाट भारतबाट भन्सार छली ल्याइएको मोबाइल पार्ट्स र मोटरसाइकलसहित भरिया सुनिल मण्डललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई मोटरसाइकल र सामानसहित इलाका प्रहरी कार्यालय बोदेबरसाइन लगिएको थियो ।

मण्डललाई छुटाउन मुख्य कारोबारी भनिएका देवकुमार यादवसमेत प्रहरी कार्यालय पुगेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धान र कारबाही अघि बढाउनुको साटो पक्राउ परेका दुवैलाई प्रहरी कार्यालयबाटै छाडिएको आरोप लागेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको विवरण स्थानीयले बताएको घटनाक्रमभन्दा फरक रहेको पाइएको थियो । प्रहरीले घटनाको समय, स्थान र बरामद भएको सामानसम्बन्धी विवरणसमेत फरक रूपमा सार्वजनिक गरेको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयले साउन २१ गते जारी गरेको विज्ञप्तिमा साउन १९ गते राति करिब १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको रातो रङको हिरो एक्स्ट्रिम १६० सीसी मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको उल्लेख गरेको थियो ।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि तस्करले मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर फरार भएका थिए । पछि बोराहरू खोलेर जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको प्रहरीले जनाएको थियो ।

तर, स्थानीयका अनुसार सामानसहित व्यक्ति र मोटरसाइकल साउन १८ गते अपराह्न करिब ३ः३० बजे नै नियन्त्रणमा लिइएको थियो । घटनाको वास्तविक विवरणभन्दा फरक विवरण सार्वजनिक गरिएको भन्दै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमाथि प्रश्न उठेको थियो । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रुपक खड्काको भूमिकामाथि समेत प्रश्न उठाइएको थियो ।

पाँच सदस्यीय छानबिन समिति

घटनाबारे समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले डीएसपी हेमराज घिमिरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक छानबिनका क्रममा सई शर्माले माथिल्लो निकायमा घटनासम्बन्धी गलत जाहेरी पेस गरेको देखिएको छ ।

तस्करीमा संलग्न भनिएका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको विषयमा विवाद बढ्दै गएपछि शुक्रबार शर्मालाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा झिकाइएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई बधाई

सम्बन्धित

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

आजको मौसम : देशभर बदली, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu