ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ४५   बजे

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीलाई न्याय माग्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र आमा नेपालको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले घटनाका दोषीलाई कडा कारबाही गर्न र पीडितलाई न्याय दिन माग गरेका छन् ।

प्रदर्शनकारीहरूले बलात्कार तथा हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी दे’, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

घटनाको पृष्ठभूमि

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरी साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन् । भदौ २ गते उनी एउटा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई बधाई

सम्बन्धित

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

आजको मौसम : देशभर बदली, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu