ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या


ABC NEWS
७ भदौ २०८३, आइतबार   ७ : १५   बजे

राजबिराज : सप्तरी जिल्लामा सौताबिचको विवादका कारण दुई वर्षीय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। शम्भुनाथ नगरपालिका–३ की खुशी खातुनको शव आइतबार बिहान घरपछाडिको झाडीमा फेला परेको थियो। घटनाअघि उनी हराएकी थिइन्।

प्रहरीका अनुसार, बालिकाको हत्या उनकी कान्छीआमा मुस्कान खातुनले गरेको हो। सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काले १९ वर्षीया मुस्कानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए। मुस्कानले बालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छन्। प्रहरीले बालिकाको शरीरमा अन्य चोटपटक नदेखिएको बताएको छ।

खुशीकी आमा रुविना खातुन र कान्छीआमा मुस्कानबीच पटक पटक विवाद हुने गरेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिएका छन्। शनिबार पनि उनीहरूबीच झगडा भएको थियो। रुविनाको विवाह ७ वर्षअघि मोहमद इरफासँग भएको हो, जबकि मुस्कान एक वर्ष पहिले आएकी थिइन्। मोहमद रोजगारीको लागि कतारमा छन्। उनी कान्छी श्रीमतीलाई लिएर विदेश गएका थिए। मुस्कान सोही गाउँमा डेरा लिएर बस्दै आएकी थिइन्। स्थानीयवासीले जेठीआमा रुविना बीचबीचमा त्यहाँ जाने र झगडा गर्ने गरेको प्रहरीलाई बताएका हुन्। बालिकाको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले नीति, विचार र कार्यशैली पुनर्गठन गर्नुपर्ने : उपाध्यक्ष गुरुङ

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

बागमती खोलाले बगाएर ल्याएको महिलाको शव माण्डु हाइड्रोपावरको जालीमा फेला

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu