ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ३ : ५५   बजे

रामेछाप । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक व्यक्ति जबरजस्ती करणीको आरोपमा रामेछापबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रेम बिसुङ्खेलाई भदौ ३ गते रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरिएको हो। उनी भदौ २ गते घटना भएपछि फरार रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार बिसुङ्खे यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा चोरी मुद्दाको अनुसन्धानका लागि सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका बेला फरार भएका थिए।

अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेका बेला उनी हिरासतबाट भागेको प्रहरीले जनाएको छ। त्यसपछि रामेछापको तिलबारी क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बिसुङ्खेलाई अदालतबाट म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी घटनामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटना र उनको विगतको फरारीसम्बन्धी विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu