ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित प्राकृतिक विपद्को सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरू साझा संकल्पसहित एकजुट भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले खोज तथा उद्धार, राहत र विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण सहयोग गर्ने तथा दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एक ठाउँमा उभिने परम्परालाई निरन्तरता दिँदै संकट समाधानमा केन्द्रित हुने बताए।

उनका अनुसार बैठकमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहत वितरणको प्रारम्भिक अवस्थाबारे जानकारी गराइएको थियो। राजनीतिक दलहरूले विभिन्न माध्यमबाट प्राप्त गरेका सूचनासमेत सरकारलाई उपलब्ध गराएका छन्।

खोज, उद्धार र राहत पहिलो प्राथमिकता

सभापति थापाले अहिलेको मुख्य प्राथमिकता खोजी, उद्धार र तत्काल राहत रहेको बताए।

उनले बाढीबाट भएको क्षति ठूलो भएकाले पुनर्निर्माणको काम लामो समयसम्म चल्ने र ठूलो आर्थिक स्रोत आवश्यक पर्ने उल्लेख गर्दै सरकारको कामको निरन्तर अनुगमन तथा आवश्यक सुझाव दिन संयुक्त संसदीय संयन्त्र आवश्यक रहेको बताए।

“अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो। पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँ रुपैयाँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ।”

संसद्बाहिरका दल पनि संयन्त्रमा समेटिने

थापाका अनुसार प्रस्तावित संसदीय संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दललाई समेत समेटिनेछ।

विपद्पछि केही समय बितेपछि प्राथमिकता परिवर्तन हुने र पीडितहरू दीर्घकालसम्म समस्यामा पर्ने विगतको प्रवृत्ति दोहोरिन नदिन यसपटक दलहरूबीच निरन्तर समन्वय र अनुगमन गर्ने सहमति भएको उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Flash Flooding Causes Widespread Damage in Nepal’s Devighat

Nepal Intensifies Rescue Efforts After Deadly Bhotekoshi River Flash Flood

Nine Mahottari Residents Missing After Rasuwa Flash Flood

Nepal Authorities Seek Coordination of Helicopter Rescues After River Flash Flood

Escalating Conflicts Mirror Historical Patterns, Author Argues

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu