ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाले सडकमा विपद् : कृष्णभीरदेखि मनाङसम्म चार राजमार्ग अवरुद्ध


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : ३५   बजे

काठमाडौं । भोटेकोशी बाढी र लगातारको वर्षासँगै आएको पहिरोले देशका विभिन्न प्रमुख सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। सडक भासिने, नदीले कटान गर्ने तथा पहिरो खस्ने क्रम जारी रहेपछि विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडक भासिएको छ। सडकको ठूलो हिस्सा क्षतिग्रस्त भएपछि मानिससमेत आवतजावत गर्न नसक्ने गरी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यता, निरन्तर वर्षाका कारण मुगुबाट गमगढीतर्फ जाने सडक समेत अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा स्थानीय आवागमनमा समस्या भएको छ।

ओखलढुंगाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडक पनि अवरुद्ध भएको छ।

त्यस्तै, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लगातारको वर्षा, नदी कटान र पहिरोका कारण सडक पूर्वाधारमा थप क्षति पुग्ने जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

Niger Mutiny Exposes Tensions and Russia’s Role in Sahel

Tunisia Swelters Amid Power Cuts and Water Shortages

US Plans New Sanctions Against Iranian Bank

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu