काठमाडौं, ६ वैशाख । भारतीय सुन तस्करलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। जुत्ताभित्र लुकाएर ल्याएको ६० तोला सुनसहित प्रहरीले बिहिबार भारतीय नागरिक सर्फराज रहमानलाई पक्राउ गरेको हो।
भारतको हैदरावाद घर भएका उनी फ्लाइ दुबईको विमानबाट दुबइबाट काठमाडौं आएका थिए। उनले लगाएको जुत्ताभित्र सुनको बिस्कुट भेटिएको प्रहरीले जनाएको छ।
विमानस्थलस्थित भन्सार कार्यालयले उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ। रहमानबाट बरामद गरिएको सुनको मुल्य नेपाली बजारमा करिब ३२ लाख रुपैयाँ पर्दछ।
प्रतिक्रिया दिनुहोस्