ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रबारे छलफल गर्न सदन सुचारु गर्न कांग्रेसको माग


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी प्रभावित जिल्लाको अवस्था, उद्धार, राहत तथा पुनःस्थापनाबारे गहन छलफल गर्न संसद् सुचारु गर्न माग गरेको छ।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बाढी प्रभावित क्षेत्रका विद्यमान समस्या सदनमा उठाउनुपर्ने भन्दै संसद् बैठक सञ्चालनका लागि पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको भन्दै कांग्रेसले बेपत्ता नागरिकको खोजी, उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना तथा प्रभावितलाई मनोपरामर्श दिन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेसले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल पुनःस्थापना गरी प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्नसमेत माग गरेको छ।

‘तीन तहबीच समन्वय भएन’

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्दा तहगत समन्वयको अभाव देखिएको र उद्धार, राहत तथा पुनःस्थापनाको काम व्यवस्थित र प्रभावकारी नभएको स्थानीयको गुनासो रहेको बताएका छन्।

बैठकले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको काम अघि बढाउन सरकारसँग आग्रह गरेको छ।

सांसदले १५ दिनको तलब दिने

कांग्रेस संसदीय दलका नेता आङदेम्बेले एक महिनाको तलब तथा कांग्रेसका संघीय सांसदहरूले १५ दिन बराबरको तलब बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय बैठकले गरेको छ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा आपूर्ति प्रभावित हुन नदिन माग

बैठकले बाढीका कारण देशको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात तथा आपूर्ति व्यवस्था प्रभावित हुन सक्ने भन्दै सुरक्षित वैकल्पिक सडकको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने भन्दै नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न र बजार अनुगमन कडाइ गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसले विपद्का बेला उद्धार तथा राहतमा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, सञ्चारमाध्यम, स्वयंसेवक, संघसंस्था तथा मित्रराष्ट्रहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि संसद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको अवस्थामा कांग्रेसले प्रभावित क्षेत्रका समस्या सदनमै छलफल गर्नुपर्ने आवश्यकता औँल्याएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

भोटेकोशी विपत्तिपछि संसद् बोलाउने तयारी, सभामुखले दलीय परामर्श थाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu