काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। नेपाली सेनालगायत सम्बन्धित निकायको संयुक्त टोलीले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियानको उनले स्थलगत निरीक्षण गरेका हुन्। नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले बाढीबाट प्रभावित विद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको समेत अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनले टनेललगायत प्रभावित क्षेत्रको निरीक्षण गर्दै सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्न निर्देशन दिएका छन्। नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति सिग्देलले नेपाली सेनाका सकलदर्जालाई उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्