ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा बाढीमा ज्यान गुमाएकामध्ये १७७ जनाको शव फेला


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ११ : १५   बजे

 

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव खोजतलास तथा सङ्कलनको प्रारम्भिक चरण पूरा भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास तथा सङ्कलनका क्रममा हालसम्म १७७ जनाको शव फेला परेको छ। तीमध्ये १६ जनाको पहिचान भएपछि सम्बन्धित परिवारलाई बुझाइएको छ। पहिचान हुन नसकेका बाँकी शव परीक्षणका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। एसपी रेग्मीका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीको ड्रोन क्यामेरा र तालिमप्राप्त कुकुर परिचालन गरी जिल्लाका विभिन्न ३० स्थानलाई आधार इलाका बनाएर शव खोजतलास तथा सङ्कलन गरिएको थियो। ‘जमिनको सतह तथा घरभित्र देखिने अवस्थामा रहेका शव सङ्कलन गरिएको छ। कहीँकतै शव देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेका छौँ,’ एसपी रेग्मीले भने। बाढीका क्रममा सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान ठानी आश्रय लिएका व्यक्तिहरू पनि ती क्षेत्रमा रहेको जनाइएको छ। उक्त स्थानबाट सङ्कलन भएका अधिकांश शव बेत्रावतीमा पहिचान हुन नसकेपछि परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। यसअघि जिल्लाका विभिन्न ३० स्थानमा परिचालन गरिएको शव सङ्कलन टोली अब मुख्य प्रभावित क्षेत्रका बस्तीमा केन्द्रित भएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

बाढी–पहिरोका कारण बागमतीका विभिन्न सडकखण्ड अवरुद्ध

कालीगण्डकी किनारको बाढी जोखिमबारे तथ्यांक संकलन गरिने

चार पटक बाढीले उछिट्याउँदा पनि झार समातेर बाँचिन् मेन्दो पेमा लामा

भन्सार अधिकृत गैह्रेले ज्यान जोगाउँदै देखेको भदौ १० को रसुवा त्रासदी

त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङभित्र फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu