नेपालगन्ज, १० वैशाख। हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई आइतबार नेपालगन्ज उपमहानगरपालिका–१६ बाट पक्राउ गरेकोे जानकारी दिइयो ।
वि.सं. २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेको आरोपमा उनी फरार रहँदै आएकोे पत्रकार सम्मेलनमा जनाएको छ ।
यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि हराइरहनुभएको छ ।
यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्कनुभएको छैन ।
जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । परिवारको तर्पmबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उहाँका सम्धी पूर्णप्रसाद लम्सालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्