काठमाडौं, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघिको निर्णय सच्याउँदै आउँदो जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले वैशाख २ गते सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा विरोध प्रदर्शन गर्न नपाइने उल्लेख थियो ।
प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना प्रकाशित गरेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्बन्धी निर्णय असार एकबाट मात्र लागू हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्