प्युठान,१९ बैशाख । जिल्ला अस्पताल प्यूठानमा एक सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । तनावका कारण अस्पतालको स्वास्थ्य सेवा समेत ठप्प पारीएको छ ।
मंगलबार सुत्केरीको मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै गएराति देखिनै आन्दोलन गरेपछि अस्पतालको सबै सेवा ठप्प भएको छ ।
जिल्ला अस्पताल प्यूठानमा मंगलबार अप्रेसन गरी बच्चा जन्माउने प्यूठान दाखाक्वाडीकी राधा धामीको अप्रेसन गरेको ६ घण्टा पछि वेहोस भएको र राती ११ बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । तर मृतकका आफन्तले अप्रेसनमा खटिएका डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन तथा नाराबाजीमा उत्रिएका छन् ।
मृतकका आफन्तले डाक्टरलाई कारबाही हुनुपर्ने माग गर्दै प्यूठान भालुवाङ सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनिहरुले मृतकको शव समेत बुझेका छैनन् ।
स्थानिय प्रशासनले अस्पताल परिसरमा निशेधित क्षेत्र घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्