दोलखा, १९ बैशाख । तीन दशक देखि बन्द रहेको जिरी बिमानस्थाल पुन संचालनको लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अनुगमन गर्नुभएको छ ।
पटक पटक सन्चालनको लागि जिरी बासिले पहल गरे पनि जिरी विमानस्थल सन्चालन हुन सकेको छैन । २०४० साल सम्म सन्चालनमा रहेको जिरी विमानस्थल जिरी सडक सन्जालमा जोडीए संगै बन्दा भएको थियो ।
विमानस्थल अनुगमनका लागि दोलखाको पर्यटकीय नगरी जिरी पुगेका मन्त्री अधिकारीले रोकिएको प्रक्रिया तत्काल अघि बढाउने असोसन जिरी बासिलाई दिनु भएको छ । यस अघि विमानस्थल सन्चालनको लागि तत्कालीन पर्यटन मन्त्री आनन्द पोखरेलले अनुगमन गर्नु भएको थियो । त्यस लगतै एक हप्ता लगएर नागरिक उड्डयन नेपालले विमानस्थल सर्वेको काम सकाए पछि जिरी विमानस्थल सन्चालनको प्रकृया नै रोकिएको छ ।
जिरी बासिलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पर्यटकीय सम्भावना बलियो भएको जिरीमा विमानस्थल सन्चालनको लागि तत्काल प्रक्रिया अगि बढाउने बताएका छन । जिरी विमानस्थलको जग्गा विबादित छ ।
जिरी विमानस्थलको जग्गा २०५२ सालमा तत्कालीन नापी टोलिका प्रमुख र पसु विकास फाम जिरीका प्रमुखको मिलो मतोमा हवाई मैदानलाई पसु विकास फामको नामा नापी भएको जिरी नगर पालिकाका मेयर टंक जिरेलले बताए । पुन हवाई मैदानलाई विमानस्थलको नै नाममा ल्याएर सन्चालनमा ल्याउनु पर्ने जिरेलले बताए ।
अनुगमनमा सभासद पार्वत गुरुङ, जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरीका स्थानिय लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्