काठमाडौं, २६ वैशाख । आजाद भिसामा कतार लगायतका खाडीका अन्य देशमा पठाईदिने भन्दै ठगी गर्ने दलाल सक्रिय भएका छन् ।
आजाद भिसा नहुने र कसैले त्यस्तो भिसामा कतार पठाउने भन्दै छ भने वैदेशिक रोजगार विभागमा गएर बुझ्न नेपाली दूतावास कतारले अनुरोध गरेको छ ।
आजाद भिसामा रोजगारी गर्न पठाउने भन्दै नेपालबाट कतार पु¥याएर ठगी गर्ने बढेको पनि दूतावासले जनाएको छ । त्यस्तै कुनै लोभ देखाएर खाली कागज वा अन्य नवुझिने गरी लेखिएको कागजातमा सही नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
कम्पनीका व्यक्तिले त्यस्ता कागजमा सही गराएर अदालतमा पेश गरी आफूले पाउने सुविधावाट वन्चित गराउने, प्रहरी र अदालतमा पेश गरी थुनामा पठाउने अवस्था आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।
आफू कार्यरत कम्पनीले दुई महिना पनि तलब र अन्य सुविधा नदिए खबर गर्न पनि दूतावासले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्