काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पुजा गरेर फर्केका छन् । उनी बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुक्तिनाथ पुगेका थिए।
मोदीले मुक्तिनाथ मन्दिरमा करिब २० मिनेट पूजा गरेका थिए । उनलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले मूक्तिनाथ क्षेत्रको विशेष शालीग्राम उपहारस्वरुप प्रदान गरे।
करिब एक घण्टा मुक्तिनाथमा बिताएपछि मोदी काठमाडौं फर्किए।
प्रतिक्रिया दिनुहोस्