काठमाडौं, ७ जेठ । सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गरिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो निर्णय गर्दै प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना पनि गर्ने भएको छ ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले ५ हजार जरिवाना गराई सम्पती विवरण बुझाउन गर्ने र गराउने निर्णय भएको जानकारी दिए । कारबाहीमा पर्नेमा धेरै जसो शिक्षक छन्। त्यस्तै निजामती कर्मचारी र प्रहरीहरुको संख्या पनि ठुलो छ।
हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ। तर, कतिपयले जानी जानी पनि सम्पती विवरण बुझाएका छैनन् ।
१३ हजार ३ सय ९० कर्मचारीले सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय सर्तकता केन्द्रले अख्तियारमा नामहरु सिफारिस गरेको थियो।
सोहीअनुसार आयोगले कारबाहीको निर्णय गरेको हो। उनीहरुबाट ६ करोड ६९ लाख ५० हजार रुपैयाँ जरिवाना सरकारले असुल्ने छ।
प्रतिक्रिया दिनुहोस्