काठमाडौं, १३ जेठ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्याकान्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, मोरङले गोरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत मंगलबार पक्राउ परेका गोरेसँग जिल्ला अदालतले चार दिन लगाएर बयान लिएको छ। बयान सके लगतै उनलाई जेल चलान गरिएको हो ।
यस प्रकरणमा ६५ जनाविरुद्ध मुद्धा दर्ता भएको छ। जसमध्ये ३३ जना पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्