ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी बन्दैछ कोटेश्वर–कलंकी चक्रपथ ? (भिडियो)


admin
२७ श्रावण २०७४, शुक्रबार   १० : ०५   बजे

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो समय सबैभन्दा बढी सडक विस्तारको काम भएको छ । तर, सडक विस्तार व्यवस्थित हुन सकेको छैन । विस्तारका लागि काम सुरु भएको धेरै सडक अस्तव्यस्त छन् । सडक विस्तार आयोजनाहरु लथालिङ्ग छन् । सार्क सम्मेलनलाई लक्षित गरि तीनकुने–मातइतीघर सडकलाई चिरिच्याट बनाइए पनि अन्य सडकको हालत खराब छ । पछिल्लो समय चक्रपथको स्तरोन्नती गर्ने प्रयत्न समेत भएको छ । तर, चक्रपथको स्तरोन्नती पनि अन्य सडक जस्तै बेहालत छ ।

चक्रपथको स्तारोन्नती गर्न चक्रपथ सुधार योजनाले काम गरिरहेको छ । पहिलो चरणमा कोटेश्वर–कलङ्की खण्डको सडक स्तारोन्नतीको काम हुँदै छ । योजनाले काम सम्पन्न गर्न पाएको समयमा सडक बनाउन सकेन । त्यसपछि एक वर्ष समय थपिएको छ । थपिएको समय पनि अब १० महिना मात्र बाँकी छ । तर, थएिको समयमा पनि काम सम्पन्न हुने सम्भावना कम छ ।

काठमाडौंको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कोटेश्वर, ग्वार्को हुँदै कलङ्की सम्मको १० किलोमिटर दुरीको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले ५ अर्ब रुपैयाँमा सहयोग गरेको छ । र, चक्रपथ स्तरोन्नतीको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन चाइनाले पाएको छ । नेपाल सरकार र निर्माण कम्पनीबच सन् २०१३ सेप्टेम्बरमा काम सुरु गरि २०१७ जुलाईमा सम्पन्न गर्ने सहमती भएको थियो । तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि एक वर्ष समय थपिएको छ । अब निर्माण कम्पनीले सन २०१८ जुलाईमा काम सक्नु पर्ने छ ।

अहिलेकै गतिमा काम हुने हो भने थपिएको समयमा पनि चक्रपथ स्तारोन्नतीको काम सम्पन्न हुने सम्भावना काम छ । तर, चक्रपथ सुधार योजनाले भने अहिलेसम्म ८० प्रतिशत काम सकिएकाले समयमै काम सम्पन्न हुने दावी गरेको छ ।

चक्रपथ सुधार योजनाले अहिलेसम्म कोटेश्वर–कलंकी खण्डमा ४ वटा आकाशे पुल र ६ वटा सामान्य पुल बनाइसकेको छ । तर, ती पुलहरु फिनिसिङ हुन बाँकी नै छन् । सडक पेटी, ढल बग्ने ड्रेन र अपाङ्ग मैत्री सडक पेटी बनाउने लगकायका काम लथालिङ्गै छ । योजनाले वर्षायाम अगाडी नै कोटेश्व देखी सात दोबाटो सम्मको सडक कालोपत्रे गरिसक्ने योजना बनाएको थियो । तर, कालोपत्रे गर्नका लागि काम सुरु भए पनि कालोपत्रे हुन सकेको छैन ।

नयाँ बन्दै गरेको सडक पूर्ण रुपमा अपाङ्ग मैत्री हुनु पर्ने सम्झौतामा उल्लेख छ । तुलनात्मक रुपमा केही बढी काम भएको कोटेश्वर आसपास मै पनि अपाङ्ग मैत्री सडक बनाउने काम अगाडी बढ्न सकेको छैन । अन्य क्षेत्रमा त सडक सम्याउने काम नै पुरा भएको छनै । तर, तिब्र गतिमा काम भइरहेकाले थपिएको समयमा सडक बनिसक्ने योजनाको दावी छ ।

२०७२ सालको भूकम्प पछि धेरै निर्माण कम्पनीहरुलाई ठूलो बहाना मिल्यो । जिम्मा लिएर कामै नगरी बसेका निर्माण कम्पनीहरुले पनि भूकम्पका कारण काम गर्न नसकेको वहाना बनाए । त्यो बीचमा भारतीय नाकाबन्दीको समेत प्रभाव पर्‍यो । चक्रपथ अन्तरगत कोटेश्वर–कलंकी सडक खण्डको निर्माण जिम्मा पाएको चिनियाँ कम्पनीले समेत भूकम्प र नाकाबन्दीका कारण काम हुन नसकेको दावी गरेको थियो । तर, अब भने सडक निर्माणका लागि सहज वातावराण बनिसकेको छ ।

त्यसैले तिब्र गतिमा काम हुने हो भने थापिएको समयमा काम सम्पन्न हुन सक्छ । तर, अहिले वर्षायाम भएकाले सडक निर्माणका काम ठप्प जस्तै छ । वर्षायाम सकिन अझै पनि दुई महिना बाँकी छ । असोजपछिका दिनमा मात्रै सहज रुपमा कालोपत्रे गर्ने काम अघि बढ्न सक्छ । त्यसैले फेरी पनि सडक बनिसक्ने समय लम्बिने सम्भावना बढी छ ।

हाम्रो देशमा कुनै पनि विकास आयोजना समयमै सम्पन्न हुँदैन । निर्माण आयोजना समयमै सम्पन्न नहुनुमा धेरै क्षेत्रको प्रभाले भूमिका खेलेको हुन्छ । केही वर्ष अगाडीसम्म राजनीतिक अस्थिरताको सिधै प्रभाव निर्माण क्षेत्रमा पर्ने गरेको थियो । पछिल्लो सयम भने राजनीतिक प्रभाव कम हुँदै गएको छ । तर, निर्माण कम्पनीको गैह् जिम्मेवारीपन भने अझै पनि यथावत छ ।

निर्माणको जिम्मा पाएका कम्पनीहरुले सहमति अनुसार इमानदार भएर काम गर्ने हो भने कुनै पनि आयोजनाको निर्माण अवधि लम्बिने छैन । तर, कुनै पनि निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने गरेका छैनन् । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सबै आयोजनामा लागत बढ्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu