काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको महंगी भत्ता बढाउने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको महंगी भत्ता २ हजार रुपैयाँ थप बढाइएको बताउनुभयो ।
यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता पनि बृद्धि भएको छ । अब वार्षिक रुपमा कर्मचारी तथा शिक्षकले १० हजार रुपैयाँ पोशाक भत्ता पाउने भएका छन् ।
सरकारले कर्मचारीको तलब बृद्धि भने नगर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्