गोरखा, १७ जेठ । स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएर काम नगरेको आरोपमा गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी नारायण श्रेष्ठलाई प्रहरीले २४ घण्टा नियन्त्रणमा लिइ छाडेको छ ।
तत्कालै भवन निर्माण सक्ने कागज गराएर वडाध्यक्ष श्रेष्ठलाई छाडेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। मंगलबार पक्राउ परेका श्रेष्ठ बुधबार बिहान छुटेका हुन्।
वडाध्यक्ष हुनुपूर्व नै श्रेष्ठले २०७१ वैशाख २१ मा धुलेखेल निर्माण सेवामार्फत भवन बनाउने जिम्मेवारी पाएका थिए। २०७३ असार ३ गतेसम्म भवन निर्माण सक्नुपर्ने भए पनि भवन अलपत्र छ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले स्वास्थ्य चौकी भवन बनाउन करिब दुई करोडको ठेक्का लगाएको थियो। म्याद सकिएको दुई वर्ष पुग्दा पनि स्वास्थ्य चौकी भवन निर्माण अझै भएको छैन ।
प्रतिक्रिया दिनुहोस्