चितवन , २० जेठ । चितवनको रत्ननगरमा अबैध बिषादी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रत्ननगर ९ का स्थानियहरुलाई स्विकृती नभएको बिषादी बिक्रीबितरण गरिरहेको अवस्थामो शिवशक्ती बायो प्लान्टेक प्रा लि का शशीधर गुप्ता , कालि बहादुर बुढा र नविन पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले बिक्रीको लागि ल्याएको २२५ प्याकेट धात्री ,१५० बोतल जिल र १५० प्याकेट धनराज नाम गरेको बिषादी प्रहरीले बरामद गरेको छ ।
३ प्रकारका बिषादी मध्य धात्री र जिलको स्विकृती नभेटिएको रत्ननगर नगरपालिकाका कृषि शाखाका शिवराज पौडेलले जानकारी दिए । उनीहरुले १ महिना अगाडी नै स्थानियसँग पेश्की रकम लगेको र आज सामान लिएर बितरणको लागी आएका थिए ।
सामान लिएर आएको ना ४ च ५७२९ नम्बरको भाडाको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । कर्मचारीहरुले २५० जना स्थानियसँग २ सय देखी १ हजार रुपैयासम्म प्रति व्यक्ती पेश्की रकम लगेका थिए ।
बिना इजाजतको बिषादी बिक्रीबितरण गरेको पाइएकोले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्