काठमाडौं, २३ जेठ । लगानी बोर्डको कार्यालयले पश्चिम सेती जलविद्युत आयोजना कसले बनाउने भन्ने विषय बिचाराधीन रहेको र कुनै निर्णय नभएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै लगानी बोर्डले आयोजना बनाउने विषयमा सुझाव दिन बनेको समितिले दिएको प्रतिवेदन विचाराधीन रहेको बताएको हो ।
जारी विज्ञप्तिमा लगानी बोर्डले परियोजना विकासकर्ता चिनियाँ कम्पनी थ्री ग्रजेजले परियोजना आर्थिक रूपमा सम्भाव्य बनाउने विषयमा थप स्पष्ट हुन पत्राचार गरेको र बाँकी निर्णय नभएको उल्लेख गरेको छ ।
यसअघि अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते आर्थिक वर्ष २०७५–०७६ को बजेट पेश गर्दै पश्चिम सेती नेपाली लगानीमा बनाउने घोषणा गरेका थिए ।
विज्ञप्ति-
प्रतिक्रिया दिनुहोस्