ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल


admin
२४ जेष्ठ २०७५, बिहिबार   ७ : ०५   बजे

काठमाडौँ, २४ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ ।

विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ । हालै दुई मन्त्रीसहित सरकारमा आएको उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकताका लागि अनौपचारिक छलफल भइरहेको छ । सो प्रक्रियाले प्रदेश नं २ को सत्ता गठबन्धनमा हेरफेर हुन सक्ने समेत देखिएको छ । प्रतिनिधिसभामा फोरमका १५ सांसद् तथा नयाँ शक्तिका एक सांसद् छन् ।

यही जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई दल दर्तासँगै विधान प्रकाशन र मातहतका कमिटीको एकताको आन्तरिक प्रक्रियामा जुटेको नेकपाले अन्य समूहसँगको एकतालाई खुला राखेर अनौपचारिक वार्ता चलाएको छ । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भन्नुभयो, “मुलुकको समृद्धिका लागि विगतमा फरक स्कुलिङबाट आएका र एक प्रकारले प्रतिष्पर्धी रहेका एमाले र माओवादी केन्द्रको ऐतिहासिक एकता सम्पन्न भइसकेको छ । अब अन्य कम्युनिष्ट र समूहसँगको एकताका लागि पनि हामीले खुला राखेका छौँ ।”

नेता पौडेलले चन्द नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाहेक राजमोलगायत सबै कम्युनिष्ट पार्टी ढिलो चाँडो एकतामा आउने ठोकुवा गर्नुभयो । उहाँका अनुसार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका अधिकांश नेता पनि एकता र सहकार्यका लागि निरन्तर सम्पर्कमा छन् ।

उहाँले डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक चरण छलफल भइसकेको छ । डा भट्टराई र फोरमका अध्यक्ष यादवले सकेसम्म पार्टीको नाममा कम्युनिष्ट नराखी समाजवादी राख्न सुझाव दिएको बताउनुभयो । फोरमले आफ्नो राजनीतिक दस्तावेजमा माक्र्सवादी सिद्धान्तलाई मानेकाले एकतामा अन्य समस्या नभएको पौडेलको भनाइ छ ।

गत असोज १७ गते एमाले र माओवादी केन्द्रको चुनावी तालमेलको घोषणा भएको दिन नयाँ शक्ति पनि सामेल भएकामा पछि तालमेलबाट अलग भएको थियो । “नेता डा भट्टराईलाई ल्याउनुपर्छ, एक्लो महावीर भएर कहीँ पुगिन्न, सबै एक भएर जानुपर्छ”, पौडेलले आज केही सञ्चारकर्मीसँग भन्नुभयो, “मुलुकको शासकीय स्वरुपका विषयमा पनि नेकपा, फोरम, नयाँ शक्तिबीच करीब समान मत छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादी केन्द्र, फोरम र नयाँ शक्तिले कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेका थिए भने तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । अहिले सदन र सरकारमा दुई तिहाइ पुगेको छ, अनुकूल समयमा मुलुकको स्थिरताका लागि यो प्रणालीमा जानका लागि हामीले बहस पनि चलाइरहेका छौँ ।”

नेता पौडेलले जनताको चाहना र आवश्यकता पूरा गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई साथमा लिएर तथा छिमेकी भारत र चीनसँग सम्बन्ध विस्तार गरी चुनावी साझा घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम र बजेट एवं प्रधानमन्त्री ओलीका प्रतिबद्धतालाई पूरा गरी विकास र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले सुरुङमार्ग, रेलमार्ग, द्रुतमार्ग, मदन भण्डारी मार्ग र केही ठूला परियोजना अगाडि बढाउन नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरेको छ भन्दै आगामी पाँच वर्ष विकासको आधार तयार पार्ने र अर्को पाँच वर्ष नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने सरकारको सोच रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र सदनमा दुई तिहाइ समर्थन भएकाले न्यायालय र अन्य निकायले पनि विकास र समृद्धिका काममा कुनै अवरोध नगर्ला । यस अवसर र चृुनौतीलाई सरकार र पार्टीको नेतृत्वले उपयोग गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group