एजेन्सी – सानो काँचको सिसीमा अलिकति माटोको धुलो छ । झट्ट देख्नेलाई सामान्य जस्तो लाग्न सक्छ । तर जोसँग त्यो माटोको धुलो छ। उसका लागि त्यसले धेरै महत्व राख्दछ ।
लारा नामकी एक महिलाले भनिन्, ‘ यो सामान्य धुलो होइन । जुन चन्द्रमाबाट ल्याइएको हो । चन्द्रमामा पहिलो पाइला टेक्ने निल आर्मस्ट्रंगले धुलो मलाई दिएका थिए । ’
लारा ११ वर्षकी छँदा आर्मस्ट्रंगले चन्द्रमाबाट फर्किपछि पछि उपहार स्वरुप धुलो दिएका थिए । आफूले सो धुलो बर्षौदेखि कहाँ राखेको भुलेको बताइन् ।
आर्मस्ट्रंगले उपहारसँगै दिएको नोटमा ‘यो लारा र मरेकालाई हो । बेस्ट अफ लक, नील आर्मस्ट्रंग, एपोलो ११’ लेखेका थिए ।
लाराका पिता टाम मरे एअर फोर्स पाइलट थिए र आर्मस्ट्रंगको एकदमै मिल्ने साथी पनि थिए । पाँच वर्ष अघि टाम मरेको निधन भएको थियो । लाराले सामान थन्क्याउने र खोज्ने क्रममा सो माटो भेट्टाएकी थिइन् ।
लारा अमेरिकाको टेनेसी राज्यमा बस्छिन् । उनि त्यो महत्वपूर्ण माटो आफैसँग राख्न चाहन्छिन् । त्यसैले उनले एक वकिल नियुक्त गरेकी छिन् । नासाले उनको साथमा रहेको माटो लैजान नसकोस् भन्नाका लागि अदालतमा केस दर्ता पनि गरेकी छिन् ।
नासाले माटोमा कुनै दाबी गरेको छैन । लाराकी वकिल क्रिस्टोफर म्याकह्युजका अनुसार नासाका इतिहास हेर्ने हो भने त्यस्ता सामान उसैले राख्ने गरेको छ ।
म्याकह्युज भन्छन्, ‘ माटोको असली धनी लारा नै हो । प्रमाणका लागि आर्मस्ट्रंगले दिएको अटोग्राफ रहेको छ ।’
नासाको नियम के छ ?
चन्द्रमासँग जोडिएका कुनै पनि नमुनाको अधिकार अमेरिकी सरकारलाई रहेको नासाको नियमावलीमा लेखिएको छ । नासाका नीतिअनुसार चन्द्रमासँग जोडिएका सामान विशेष उपयोगको लागि मात्र कसैले राख्ने सक्ने भनिएको छ ।
के त्यो अदालतमा पुगेको माटो साच्चै चन्द्रमाबाट ल्याइएको हो त ? भन्ने सबाल उठेको छ । अदालतमा पेश गरिएको कागजात र प्रमाणका आधारमा विशेषज्ञ परीक्षणमा हुन सक्ने संभावना बढि देखिएको छ ।
विशेषज्ञअनुसार माटोमा पृथ्वीको माटो पनि मिसिएको हुन सक्ने पाइएको छ । नासालाई थाहै नभएको माटोको बारेमा अदालतमा केस दर्ता भएपछि बहस झन चल्न थालेको छ । त्यो माटो लाराले आफ्नो साथमा राख्न पाउलिन् कि नपाउलिन् । या नासाले लैजान्छ ।
बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्