ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी


एबीसी न्यूज
१० असार २०७५, आइतबार   ११ : ५१   बजे

अछाम, १० असार । अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि स्थानीयवासीले हर्षबढाइसँगै खुशियाली मनाएका छन् भने पुलको औपचारिक उद्घाटन पनि गरिएको छ । ४५ मिटर लामो पुल निर्माण सकिएको तीन वर्षपछि पुलको वारीपारी छेउमा रहेको सडक तथा पुलको पखेटा निर्माण भएपछि पुल सञ्चालनमा आएको र स्थानीय नागरिकलाई खुशीको अनुभूति भएको स्थानीय चन्द्र भण्डारीले बताएका छन ।

यसअघि पुल हेर्नलाई पनि सिढी चढ्नुपर्ने अवस्था रहेको थियो । पुल सञ्चालनमा ल्याउनका लागि रामारोशन गाउँपालिकाले रु १० लाख, मंगलसेन नगरपालिकाले रु १० लाख र बान्नीगढी जयगढ गाउँपालिकाले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु २० लाख गरी रु ४५ लाख लगानी गरेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताएका छन ।

यसअघि तत्कालीन जिल्ला विकास समितिमार्फत पुल निर्माणका लागि रु दुई करोड ८९ लाख खर्च भएको थियो । पुल सञ्चालनमा आएसंगै रामारोशन क्षेत्रका २० औँ हजार नागरिक र मंगलसेन तथा बान्नीगढीका स्थानीय तथा रामारोशन घुम्न आउने पर्यटकलाई समेत निकै सहज भएको छ ।

पुल नहुदा वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्था अन्त्य भएको र उपभोग्य सामानको ढुवानीमा पनि निकै सहज हुने स्थानीय दिनेशप्रसाद रेग्मीले बताए ।
अब पर्यटकीय क्षेत्र रामारोशन जाने सडकको स्तरोन्नतिका लागि जोड दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu