काठमाडौँ ,१० असार । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले प्राकृतिक स्रोतको उपयोग गर्दे मुलुकलाई समृद्धिको दिशातर्फ लानुपर्र्नेे बताएका छन ।
एओएस दिवसका अबसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उनले अब मुलुकको समृद्धिका लागी कसैसंग सहयोग नमागी मुलुककै प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने बताएका हुन ।
उनले गरिव हुनुपर्ने कुनै कारण नभएको भन्दै यसअघि शासनसत्ता चलाएकाहरुले नै मुलुकलाई गरिव बनाएको तर्क दिएका छन । मुलक गणतन्त्र र संयिघतामा गईसकेपछि स्थानीय सरकार बनेको भन्दै अब मुलुकको बिकासलाई कसैले रोक्न नसक्ने धारणा राखे ।
नेपालका गरिव जेहेन्दार र अभिभावक गुमाएका बिद्यार्थीहरु अब शिक्षाबाट बञ्चित हुन नपर्ने उनको भनाई छ । ३२ औं एओएस दिवसका अबसरमा एओएस बालग्रामलाई अगाडी बढाउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्