ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरसभा नीति तथा कार्यक्रमः पूर्वाधार विकासमा बढी जोड


एबीसी न्यूज
११ असार २०७५, सोमबार   १० : ०८   बजे

 

भीमदत्तनगर, ११ असार । कञ्चनपुरका स्थानीय तहले नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।

आइतबार यहाँको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका, पुर्नबास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रायः सबै स्थानीय तहले सडक सञ्चाल विस्तार, विभिन्न भौतिक पुर्वाधार निर्माण तथा पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासका कार्यक्रममा बढी जोड दिएका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले तेस्रो नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५२ करोड ३९ लाखको बजेट प्रस्तुत गर्नुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगरको समृद्धि र विकासको यात्रालाई अघि बढाउन कृषि, पर्यटन, उद्योग, पूर्वाधार क्षेत्रको विकास एवं उचित व्यवस्थापन र परिचालन गरी यस नगरको सर्वाङ्गिण उन्नतिको ढोका खोल्ने उल्लेख छ ।
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकको दोस्रो नगरसभामा रु ५२ करोड ८६ लाख ३० हजार आयव्यय बजेट प्रस्तुत गरिएको छ ।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले संघीय सरकारबाट वित्तीय समानीकरणअन्तर्गत प्राप्त रु १४ करोड ६४ लाख संघीय सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ कूल रु १५ करोड २८ लाख राजश्व बाँडफाँडबाट प्राप्त रु नौ करोड ४८ लाख ६३ हजार, प्रादेशिक सरकारबाट वित्तीय समानीकरणबाट रु ७६ लाख ४३ हजार, राजस्व बाँडफाँड रु ६५ लाख २५ हजार र आन्तरिक आय स्रोततर्फ रु एक करोड ८० लाख ३२ हजार समेटेर बजेट निर्माण गरिएको बताउनुभयो ।

बेलौरी नगरपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा नेपाल–भारत सीमा क्षेत्र विकास कार्यक्रमको लागि रु ६१ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको लागि रु १३ लाखलगायतका विभिन्न कार्यक्रमका लागि बजेट छुट्याइएको छ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले आगामी आव २०७५÷०७६ का लागि रु ५९ करोड ८४ लाख २१ हजार ५०० को बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभामा आवका लागि नीति तथा कार्यक्रम नगर कार्यपालिका सदस्य विमला थापाले प्रस्तुत गर्नुभएको हो थियो भने आव २०७५÷०७६ का लागि कृष्णपुर नगरपालिकाले रु ५९ करोड चार लाख २१ हजार ५०० विनियोजन गरेको छ । नगरसभामा पेश गरेको बजेट अनुसार पूँजीगत खर्चतर्फ रु ४४ करोड १९ लाख २१ हजार ५०० र चालूगत खर्च रु १५ करोड ६५ लाख रहेको छ ।

त्यस्तै यहाँको महाकाली नगरपालिकाले आव २०७५÷७६ का लागि रु साढे ४१ करोड अनुमानित बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरसभामा नगर उपप्रमुख चिनी गिरीले अगामी वर्षका लागि रु ४१ करोड ६३ लाख तीन हजार अनुमानित बजेट पेस गर्नुभयो ।

आम्दानीतर्फ वित्तीय समानिकरणबाट रु १२ करोड २२ लाख, शर्शत अनुदान रु ११ करोड ७७ लाख, प्रदेश अर्थमन्त्रालयबाट रु ७३ लाख ४५ हजार, प्रदेश राजश्व बाडफाँडबाट रु २४ लाख १६ हजार, आन्तिरिक स्रोतबाट रु तीन करोड ३८ लाख ४२ हजार र सामाजिक सुरक्षाबाट रु सात करोड अनुमान गरिएको छ ।

यसैगरी, सीमा क्षेत्र विकास कार्यक्रमबाट रु ५० लाख, सडक बोर्डबाट रु ३५ लाख र गत वर्ष अल्या रु पाँच करोड ५० लाख आम्दानी अनुमान गरिएको उपप्रमुख गिरीले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकाले पनि आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्वाधार विकासमा बजेट केन्द्रित गराएको छ ।

शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले नीति तथा कार्यक्रम प्रस्तुत चक्रपथ निर्माण, नगर अस्पतालसम्मको योजना सार्वजनिक गर्नुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगर समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारको विकास, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा संस्कृति, वित्तीय तथा सहकारी, सिँचाइ, खेलकुदलगायतका विषय समेटिएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसीदेवी हमालले आव २०७५÷०७६ का लागि रु ४९ करोड २८ लाख, ३५ हजार ७०० अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको छ । कञ्चनपुरमा सात नगरपालिका र दुई गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन् । यहाँको जेठो भीमदत्तनगरपालिकाले एक साताअघि रु एक अर्ब १० करोडको बजेट पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu