ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली राष्ट्रिय बक्सिङ टोली थाइल्याण्ड जाने


एबीसी न्यूज
१२ असार २०७५, मंगलबार   ४ : ५६   बजे

 काठमाडौं, १२ असार । एसियाडको तयारीको शिलशिलामा नेपाल राष्ट्रिय बक्सिङ टोली बैदेशीक प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छन् ।

बुधबार थाइल्यान्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापा, बक्सिङका भीष्म पितामह सुरेश सिंह आलेलगायतले विदाई गरे । टिमले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्नेछन् ।

प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप(किङ्स कप) मा पनि सहभागिता जनाउनेछन् । च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुदैछ । किङ्स कपमा सहभागि हुने खेलाडीमा महिलातर्फ बिमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा प्रतिस्पर्धा गर्नेछ ।

पुरुषतर्फ तेज बहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, बिमल रोका ५६ केजी,एक बहादुर घले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै भुपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठ ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ । टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दिपक महर्जन, टिम व्यवस्थापकमा दिलिपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।

बिदाईका अवसरमा सदस्य सचिव केशव कुमार विष्टले एसियन गेम्समा पदकको आशा गरिएको खेललाई ३ महिना अघिबाटै विषेश प्रशिक्षण गराउन शुरु गरिएको बताए । उनले विशेष प्रशिक्षण सबै खेललाई आवश्यक र महत्वपूर्ण रहेको बताउनु हुदै यसपटकको एसियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वास व्यक्त गरे ।

रूसमा जारी विश्वकपमा ठुला भनिएका टिमहरु पनि साना टोलीसँग पराजित भएको प्रसङ्ग कोट्याउदै सदस्यसचव विष्टले भने ‘हामीले पदकको सम्भावना भएका खेललाई तीन महिना अघिबाट विशेष प्रशिक्षण गराएका छौं । यसपटकको एसियन गेम्समा राम्रो रेकर्ड आउने हामीले विश्वास लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu