ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 महोत्तरी जलेश्वरमा वडाध्यक्षहरूको आन्दोलन


bhawani desk
१३ असार २०७५, बुधबार   १० : ५१   बजे

गौशाला, १३ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् ।

जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै, आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेको जनाएका छन् ।

आन्दोलनकारी वडाध्यक्षले प्रमुख रामशंकर मिश्रले आफूहरुको वडाभित्र एउटा चिमसमेत लगाउने अधिकार रहन नदिएको र वडाभित्र विभिन्न कार्यक्रम गर्दा आफूहरुसँग कुनै पनि सोधपुछ वा समन्वयसमेत नगरेको आरोप लगाएका छन् ।

उनीहरुले सरुवा भइसकेका र २४ घण्टामा तोकिएको ठाउँमा हाजिर हुने आदेशसमेत आइसकेका इञ्जिनियर माधवेन्द्र चौधरीलाई प्रमुख मिश्रले जालझेल गरी झुठो बहुमतबाट जनप्रतिनिधिको निर्णय गरेर रोकिराखेको र उनीमार्फत नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप लगाएका छन् ।

जम्मा १२ वटा वडा रहेको जलेश्वर नगरपालिकाको सातजना वडाध्यक्ष आन्दोलनमै रहेको बेला प्रमुख मिश्रले पाँचजना वडाध्यक्ष र मनोनीत सदस्यको संख्यालाई बहुमतको संख्या बताउँदै विभिन्न योजनामा करोडाँै रुपैयाँ हिनामिना गरिरहेको आन्दोलनकारी वडाध्यक्षले आरोप लगाएका छन् ।

उनीहरुले सरुवा भइसकेका इञ्जिनियर चौधरीले जलेश्वर नगरपालिका–२ स्थित आफ्नो घरमै नपाको सम्पूर्ण आवश्यक फाइल लगेर कामकाज गरिरहेको र आफूहरुले के, कुन काम कहाँ भइरहेको छ त्यसको लागतलगायतका कुरा सोध्दा तपाईको सरोकार नरहेकोजस्ता जवाफ दिने गरेको तथा नगरपालिकामा आफूहरुको विरोधमा गुण्डा परिचालन गरेर मेयर तथा इञ्जिनियरले मनोमानी ढंगले नगरपालिकाका करोडौं रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् ।

आन्दोलनकारी वडाध्यक्षले इञ्जिनियर चौधरीलाई तुरुन्त नेपाल सरकारले सरुवा गरेको ठाउँमा नपठाए र मेयरले आफ्नो भ्रष्टाचारी गतिविधि तुरुन्त नरोकेमा सातजना वडायक्षले आउँदो आइतबारदेखि नगरपालिकामा क्रमशः अनसन, रिले अनसन र आमरण अनशनमा बस्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group